लोकगायक रत्न बेहोसीलाई नेपाल रत्न सम्मान
सारांश
- लोकगायक रत्न 'बेहोसी' बज्राचार्यलाई 'नेपाल रत्न सम्मान' प्रदान गरिएको छ।
- नेवा: साधना कला केन्द्रले बेहोसीलाई उनको ९० औं जन्मदिनको अवसर पारेर सम्मान गरेको हो।
- उनले नेपाली र नेपाल भाषाको गीत सङ्गीतमा गरेको योगदानको उच्च मूल्याङ्कन गरिएको छ।
काठमाडौँ । लोकगायक रत्न ‘बेहोसी’ बज्राचार्यलाई ‘नेपाल रत्न सम्मान’ प्रदान गरिएको छ । नेवा: साधना कला केन्द्रले बेहोसीलाई उनकै ९० औँ जन्मदिनको अवसर पारेर सम्मान गरेको हो ।
नेपाली र नेपाल भाषाको गीत सङ्गीतमा उनले गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै यो सम्मान दिइएको आयोजक संस्था नेवा: साधना कला केन्द्रकी पौभाः सायमीले बताइन् ।
यसअघि बेहोसीलाई ललितरत्न सम्मान र गणेशदेवी स्मृति पुरस्कार दिइएको थियो । बेहोसीले १२ वर्षको उमेर (विक्रम संवत् २०१०) देखि नाटक र सङ्गीतको विधामा काम गर्दै आएका छन् ।
उनको पहिलो पटक २०१३ सालमा रेडियो नेपालमा स्वर परीक्षण भएको थियो । सोही दिन रेडियो नेपालमा प्रत्यक्ष प्रसारणमार्फत उनको गीत प्रसारण भएको थियो । त्यो बखत रेडियो नेपालबाट स्वर परीक्षण उत्तीर्ण गरेर प्रत्यक्ष प्रसारण मार्फत गीत गाउने नेपालकै थोरै मात्र गायक छन् ।
उनको समकक्षीको रूपमा स्वर सम्राट् नारायणगोपाल गुरुवाचार्य, गोल्डेन भ्वाइस अफ नेपाल प्रेमध्वज प्रधान, गायक तथा वरिष्ठ संगीतकार नातिकाजी श्रेष्ठ, शिवशंकर मानन्धर र भक्तराज आचार्यहरू रहेका थिए ।
बेहोसीले नेपाल भाषामा ५० र नेपाली भाषामा कम्तीमा १० वटा गीत गाइसकेका छन् । उनका गायन र रचना रहेका दर्जनभन्दा बढी गीतहरू अझै क्यासेटमा सुरक्षित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण