सवारी दुर्घटनामा चार जनाको मृत्यु
सारांश
- शुक्रबार राति र शनिबार बिहान देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
- रौतहट, चितवन, र ललितपुरमा भएका दुर्घटनामा मोटरसाइकल र कार दुर्घटना हुँदा मृत्यु भएको हो।
- सिराहामा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ, र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं । देशका विभिन्न स्थानमा शुक्रबार राति र शनिबार बिहान भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–४ काठे पुलस्थित सडकमा स.१० प ७७३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सप्तरी राजपुर नगरपालिका–९ का ३५ वर्षीय अशोक कुमार यादवको मृत्यु भएको छ । गम्भीर घाइते भएका यादवको चपुरस्थित हाईवे अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१० विशालचोकमा बा.१५ च ४६९३ नम्बरको कार दुर्घटना हुँदा सोही महानगरपालिका–२ आँपटारीका २९ वर्षीय बिप्लब भट्टको मृत्यु भएको छ । गम्भीर घाइते भएका भट्टको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै, ललितपुर महानगरपालिका–१५ सातदोबाटोस्थित सडकमा बा.७२ प ९५९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा काठमाडौं महानगरपालिका–३२ बालकुमारी बस्ने दाङ घर भएका २८ वर्षीय सुरेश चौधरीको मृत्यु भएको छ । उनलाई बी एण्ड बी अस्पतालमा उपचारका क्रममा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी, सिराहाको मिर्चैया नगरपालिका–७ जिवा टोलमा स्कुटरको ठक्करबाट पैदलयात्री ७० वर्षीया कुन्ती देवी साहको मृत्यु भएको छ । शुक्रबार बेलुकी गम्भीर घाइते भएकी साहको प्रादेशिक अस्पताल लहानमा शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको हो । घटनापछि स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण