तीन तहको सरकारबीच सम्बन्ध सुदृढ गर्न आवश्यक : मुख्यमन्त्री कँडेल
सारांश
- मुख्यमन्त्री यामलाल कँडेलले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ हुनुपर्ने बताए।
- उनले संघीयताको लक्ष्य पूरा गर्न सहकार्य र समन्वय आवश्यक रहेको बताए।
- मुख्यमन्त्री कँडेलले समस्याको समाधान खोज्ने र कानुनको पालना गर्नुपर्नेमा जोड दिए।
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध जति सुदृढ हुन्छ, विकास र समृद्धिको गन्तव्यमा पुग्ने बाटो त्यति नै सहज हुने बताएका छन्।
सहकार्य र समन्वयलाई मजबुत बनाउन सके मात्रै सङ्घीयताको मर्म अनुसारको लक्ष्य पुरा हुने उनको भनाइ छ ।
आज कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको प्रशिक्षण परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै कँडेलले सङ्घ र प्रदेशले नीति तथा योजना बनाउने भए पनि कार्यान्वयनको वास्तविक स्थान स्थानीय तह भएकाे बताए ।
त्यसैले समन्वयलाई प्राथमिकतामा राख्न आवश्यक रहेको उल्लेख गरे । कर्मचारी प्रशासनतर्फ सङ्केत गर्दै मुख्यमन्त्री कँडेलले केवल समस्या देखाउने मात्र नभएर समस्याको समाधानका उपाय पनि खोज्ने प्रवृत्ति विकास गर्नुपर्नेमा जोड दिए ।
'समस्या देखाउन सजिलो हुन्छ, तर त्यसको समाधानका लागि व्यवहारिक उपाय सुझाउनु अझ महत्वपूर्ण हुन्छ,' उनले भने,'विधि, थिति र कानुनको पालना गर्न सबैलाई कर्तव्य हो ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘धरौटी होइन, प्रभावकारी नियमन गर’ भन्दै फेकनद्वारा मन्त्रालय र दलका नेताहरूलाई ज्ञापनपत्र
-
रास्वपाकाे बागमती प्रदेश अधिवेशन स्थगित, प्रहरीले कार्यक्रमस्थल खाली गरायाे
-
'मेरो मुख्य जोड सार्वजनिक यातायातको सुधार र सडक सुरक्षामा छ'
-
तराईलाई गर्मीबाट केही राहत : काठमाडौँसहित यी सहरमा मध्यम वर्षा
-
जनशक्तिको अभाव झेल्दै औषधि व्यवस्था विभाग : गुनासो आउँछन्, कारबाही हुँदैन
-
बसुन्धारामा रहेको गार्मेन्टमा आगलागी, ८ करोड बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण