आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

दार्चुलामा अटो दुर्घटना : एकै परिवारका दुई जनाको मृत्यु

सोमबार, १६ भदौ २०८२, २१ : ०१
सोमबार, १६ भदौ २०८२

काठमाडौँ । दार्चुलामा अटो दुर्घटना हुँदा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको मृत्यु भएको छ । सोमबार नौगाड गाउँपालिका वडा नम्बर ६ की १७ वर्षीया भाका धामी र अर्की १२ वर्षीया अरुणा धामीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

४५ वर्षीया चाखुरी धामी अझै बेपत्ता छिन् । आज दिउँसो नौगाड गाउँपालिका वडा नम्बर ५ शौकेबगरमा अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खसेको थियो । 

उनीहरू तीन जना एउटै घरको भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।

उनका अनुसार प्रारम्भिक अनुसन्धान हेर्दा ओरालो बाटोमा ब्रेक नलागेपछि होपरीगाडबाट धुलिगडातर्फ गइरहेको म १ ह ११४८ नम्बरको अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खसेको हो ।

सो अटो रिक्सामा पाँच जना सवार थिए । चालक मनिराम भुललाई घटनापछि प्रहरीले नियन्त्रणमा लिएको छ । 

चालक मनिरामका छोरा नौगाड वडा नम्बर ५ का १७ वर्षीय आयुस सो दुर्घटनामा घाइते भएका छन् । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बेपत्ता महिलाको आज खोज तलास सम्भव नभएपछि भोलि पनि खोजी कार्य गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप