मिचेल स्टार्कले लिए टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास
मङ्गलबार, १७ भदौ २०८२, १० : १२
सारांश
- अस्ट्रेलियाका बलर मिचेल स्टार्कले टी-ट्वान्टी क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
- उनले एकदिवसीय र टेस्ट क्रिकेटमा ध्यान केन्द्रित गर्न सन्यास लिएको बताए।
- स्टार्कले ६५ ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ७९ विकेट लिएका छन्।
काठमाडौँ । अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले टी–ट्वान्टी क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।
स्टार्कले मंगलबार एकदिवसीय क्रिकेट र टेस्ट क्रिकेटमा ध्यान केन्द्रित गर्नका लागि टी–ट्वान्टीबाट संन्यास लिएको बताएका हुन्।
३५ वर्षीय बायाँ हाते बलरले ६५ ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ७९ विकेट लिएका छन् । उनी अस्ट्रेलियाको लागि सबै समयको सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा स्पिनर एडम जाम्पा पछि दोस्रो स्थानमा रहेका छन् ।
‘टेस्ट क्रिकेट मेरो पहिलो प्राथमिकता हो र सधैँ रहँदै आएको छ,’ उनले मंगलबार क्रिकेट अस्ट्रेलियाको एक विज्ञप्तिमा भने, ‘मैले अस्ट्रेलियाको लागि खेलेको हरेक टी–ट्वान्टी खेल विशेष छन् । त्यसमध्ये सन् २०२१ को विश्वकप जित्दाको क्षण झनै विशेष छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण