शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली राजमार्गको अवरोध हटाउन सेना परिचालन, १३ करोडको स्याउ बाटोमा रोकियो

मङ्गलबार, १७ भदौ २०८२, १२ : ०७
मङ्गलबार, १७ भदौ २०८२

सारांश

  • कर्णाली राजमार्गको कालीकोट खण्डको गगनेखोला नजिक पहिरोका कारण सडक अवरुद्ध भएको छ।
  • नेपाली सेनाले विस्फोटकमार्फत ढुङ्गा फुटाएर सडक खुलाउने प्रयास गरिरहेको छ।
  • सडक अवरुद्ध हुँदा स्याउ लगायतका सामग्री ढुवानीमा समस्या भएको छ, र प्रदेश सरकारले चासो दिएको छ।

‎सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको गगनेखोला नजिक पहिरोका कारण अवरुद्ध सडक सञ्चालनका लागि निरन्तर प्रयत्न भइरहेको बताएका छन्।

‎‎सडकमा खसेका ठुला ढुङ्गा पन्छाउन नेपाली सेनाको टोलीले बम विस्फोटकमार्फत ढुङ्गा फुटाउने काम सुरु गरेको उनको भनाइ छ।

‎‎मुख्यमन्त्री कँडेलका अनुसार, हिजोदेखि नै सेनाले ढुङ्गा फुटाएर अवरोध हटाउने कार्य गरिरहेको छ। 

‎‎ अलपत्र परेका यात्रुको सहज यातायात तथा स्याउलगायतका सामग्री ढुवानीमा भइरहेको कठिनाइप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको पनि उनले बताए।

‎‎सडक छिटो सञ्चालनमा ल्याउनका लागि आवश्यक सहयोग र सहजीकरणका लागि आफू कालीकोटका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र नेपाली सेनासहितका सुरक्षा निकायहरूसँग निरन्तर सम्पर्कमा रहेको पनि उनको भनाइ छ।

‎‎‎सडक अवरुद्ध हुँदा करिब १३ करोड बराबरको १८४ मेट्रिक टन स्याउ बाटोमा रोकिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप