शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

पोखरामा हुने एभरेष्ट महिला भलिबलको ट्रफी सार्वजनिक

बुधबार, १८ भदौ २०८२, १८ : २३
बुधबार, १८ भदौ २०८२

पोखरा । पोखरामा हुने दोस्रो एभरेस्ट महिला भलिबल लिगको ट्रफी सार्वजनिक गरिएको छ । लिग भदौ २० देखि २८ सम्म पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हलमा हुनेछ । 

प्रतियोगिताको ट्रफी बाराहीघाटमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे । नेपाल भलिबल सङ्घको आयोजनामा हुने लिग पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भमा पोखरामा आयोजना गर्नु महत्त्वपूर्ण भएको आचार्यले बताए ।

‘पर्यटकीय राजधानी पोखरा खेल पर्यटनको पनि हब सिटी हो,’ उनले भने, ‘यसले पोखराको पर्यटनलाई थप उचाइमा पुर्‍याउन र महिला भलिबल हेर्ने पोखरेली दर्शकहरूको चाहानालाई पुरा गर्नेछ ।’ 

पोखरा इभेन्टहरूको सहरका रूपमा समेत विकसित हुँदै गइरहेको भन्दै उनले यस्ता कार्यक्रमले अर्थतन्त्र र सहर दुवैलाई टेवा पुग्ने बताए ।

भलिबल खेलको आयोजना विकेन्द्रीकरण र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरामा गर्न लागेको आयोजकले बताएको छ ।

पोखरामा भलिबलप्रतिको उत्साह, सक्रिय खेल संस्कृति र दर्शकको उच्च सहभागिता हुने भएकोले लिग यहाँ आयोजना गर्न सम्भव भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, कर्णाली यसबिस, मधेस युनाइटेड, पोखरा निन्जाज र लुम्बिनी लाभाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

पोखरा निन्जाजले पर्यटकीय राजधानी पोखराको प्रतिनिधित्व गर्नेछ । यसअघि बिहीबार साँझ पोखराको लेकसाईडमा नगर प्रमुख नेतृत्वको टिम धनराज र महानायक नेतृत्वको टिम राजेशका बिचमा मैत्रीपूर्ण भलिबल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप