शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

दर्ता नभएका सामाजिक सञ्जाल एनसेलबाट नचल्ने

बिहीबार, १९ भदौ २०८२, १९ : १५
बिहीबार, १९ भदौ २०८२

काठमाडाैँ । एनसेलले दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम एनसेल आजियाटा लिमिटेडले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालका प्लेटफर्महरुलाई आफ्नो इन्टरनेट सेवामार्फत चलाउन नदिने भएको छ।

कम्पनीले बिहीबार एक सूचना जारी गर्दै यससम्बन्धी जानकारी गराएको हो।

एनसेलले जारी गरेको सूचना अनुसार, सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को २०८० भदौ ९ को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २०८० भदौ १२ को मन्त्रीस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु निष्क्रिय गर्नका लागि यस कम्पनीलाई निर्देशन दिइएको थियो। सोही निर्देशनको पालना गर्दै एनसेलको इन्टरनेट सेवाबाट पनि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु नचल्ने व्यवस्था गरिनेछ।

यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति कम्पनीले क्षमाप्रार्थी रहेको बताएको छ।

यद्यपि, कम्पनीले टिकटक र भाइबर लगायत अन्य दर्ता भइसकेका सामाजिक सञ्जालका प्लेटफर्महरु भने एनसेलको डाटा सेवामार्फत चलाउन सकिने व्यहोरा जानकारी गराएको छ । 

उक्त सूचना एनसेल आजियाटा लिमिटेड, एनसेल आइकन भवन, लैनचौर–२९, काठमाडौँले जारी गरेको हो।

541150834_1727025168012552_4907734194538876354_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप