एमालेले अन्याय गरेको गुनासो गर्दै महाधिवेशन प्रतिनिधिलाई विद्याको अपिल
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले विधान महाधिवेशनका प्रतिनिधिहरूलाई अपिल पठाउने तयारी गरेकी छिन्।
- उनले पार्टी सदस्यता रोक्ने कार्यलाई आफूमाथि गरिएको कुठाराघातको रूपमा लिएकी छिन्।
- भण्डारीले पार्टीको निर्णयबाट राष्ट्रपति बनेको र फर्केपछि पार्टीमै सक्रिय हुन खोज्दा रोकिएकोमा दुःख व्यक्त गरेकी छिन्।
काठमाडौँ । पूर्वराष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले एमाले विधान महाधिवेशनका प्रतिनिधिहरूलाई अपिल पठाउने तयारी गरेकी छन् ।
उनले महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो पार्टीप्रतिको विश्वास र आस्थामाथि एमालेले कुठाराघात गरेको सन्देशसहितको अपिल पठाउने तयारी गर्दै सत्य र न्यायको पक्षमा उभिन आग्रह गर्ने तयारी गरेकी छन् ।
भण्डारी निकट स्रोतका अनुसार प्रतिनिधिहरूलाई कसैले पनि पार्टीमा आफ्नो जस्तो नियति भोग्न नपरोस् भन्दै २०३७ सालमा प्राप्त गरेको पार्टी सदस्यतामा गहिरो आस्था र विश्वासको जोडिएको बताएकी छन् । उनले तर त्यो सदस्यता रोक्ने कार्यलाई पार्टीले आफूमाथि गरेको कुठाराघातको रूपमा लिएको सङ्केत गरेकी छन् । अपिलमा भण्डारीले पार्टीको विशेष निर्णयबाट आफू राष्ट्रपति भएको र त्यो जिम्मेवारीबाट फर्केपछि पार्टीमै क्रियाशील हुन खोज्दा रोक्ने खोज्नुलाई उनले दुः खको विषय भएको बताएकी छन् ।
भण्डारीले आफ्नो सदस्यता नवीकरण गर्ने बेलामा र त्यसपछि पनि पार्टीका बैठकहरू बसेका तर ती बैठकहरूमा कुनै प्रश्न नगरिए पनि अहिले आएर सदस्यता कायम नभएकोमा गुनासो गरेकी छन् ।
अपिलको पूर्णपाठ


यसअघिको शीर्षक परिमार्जित गरिएको छ । – सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण