शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

रिलिज भएको केही घण्टामै लिक भयो बागी ४

शनिबार, २१ भदौ २०८२, ०७ : ४५
शनिबार, २१ भदौ २०८२

सारांश

  • बागी ४ शुक्रबारबाट सिनेमाघरमा रिलिज भएको छ, तर केही घण्टामै अनलाइन लिक भयो।
  • फिल्मले अग्रिम बुकिङमार्फत ५ करोड कमाएको थियो र पहिलो दिन १० करोड कमाउने अनुमान छ।
  • टाइगर श्राफ, हरनाज कौर सन्धु, सोनम बाजवा र सञ्जय दत्तको अभिनय रहेको छ।
00:00 / NaN:NaN
Audio By AI

मुम्बई । साजिद नाडियाडवालाको सुपरहिट फ्रान्चाइजीको नयाँ भाग बागी ४ शुक्रबारबाट सिनेमाघरमा रिलिज भएको छ। 

टाइगर श्राफको करियरकै महत्वपूर्ण फिल्म मानिएको यस चलचित्रप्रति दर्शकमा ठुलो उत्साह देखिएको थियो। ट्रेलर रिलिज हुँदा नै फिल्मलाई लिएर चर्चा चुलिएको थियो।

तर, रिलिज भएको केही घण्टामै फिल्म अनलाइन लिक भएपछि यसले बक्स अफिस कलेक्सनमा ठुलो असर पार्ने अनुमान गरिएको छ। पछिल्ला रिपोर्टहरू अनुसार बागी ४ एचडीमै विभिन्न पाइरेसी साइटमा उपलब्ध भएको छ, जसले दर्शकलाई नि:शुल्क हेर्ने अवसर दिएको छ। यस्ता घटनाले कुनै पनि फिल्मको व्यापारमा नकारात्मक असर पार्ने भएकाले निर्माता–निर्देशकलाई ठुलो धक्का लागेको छ।

ए. हर्ष निर्देशित फिल्म बागी ४ ले रिलिजअघि नै राम्रो कमाइ गरेको थियो। रिपोर्टअनुसार हिजोसम्म फिल्मले अग्रिम बुकिङमार्फत करिब ५ करोड रुपैयाँ कमाइसकेको थियो। साकनिल्कको सुरुवाती व्यापार अनुमान अनुसार पहिलो दिनमै बागी ४ ले पहिलो दिन करिब १० करोड रुपैयाँसम्म कमाउन सक्छ।

फिल्ममा टाइगर श्राफ ‘दिलजले आशिक’ को भूमिकामा देखिएका छन्। उनको अपोजिटमा हरनाज कौर सन्धु र सोनम बाजवा छन् भने सञ्जय दत्त खलनायकको भूमिकामा प्रस्तुत भएका छन्। 

कथा टाइगर श्राफ वरिपरि घुम्छ, जो कोमामा पुगेका हुन्छन् र आफ्नी प्रेमिकाको बारेमा सत्य पत्ता लगाउन कुनै पनि हदसम्म जान तयार हुन्छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप