बाढीको चपेटाले ओझेलमा पर्यो ‘पञ्चकन्या झरना’
सारांश
- पछिल्लो समयमा 'पञ्चकन्या झरना' सुनसान भएको छ, किनकि बाढीपहिरोले गर्दा सडक र संरचनामा क्षति पुगेको छ।
- बाढीले सडक बगाएपछि र काठमाडौँबाट आउने बाटो असहज हुँदा पर्यटकको आवागमन घटेको छ।
- पनौती नगरपालिकाले झरनाको पोखरी र बाटो मर्मतका लागि बजेट व्यवस्थापन गरिसकेको छ।
धुलिखेल । पछिल्लो समय ‘पञ्चकन्या झरना’ सुनसानजस्तै छ । पहिला झरनाको वरीपरी आनन्द लिनेहरूको घुइँचो लाग्ने गथ्र्यो तर अहिले उक्त स्थानमा मानिसहरू बिरलै पुग्ने गरेका छन् ।
एक वर्ष अगाडि गएको बाढीपहिरोको कारण त्यहाँसम्म जाने सडक र आसपासको क्षेत्रमा पुगेको क्षतिका कारण काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ खारखोलामा रहेको पर्यटकीय झरना ओझेलमा पर्दै गएको हो ।
पनौती–रोशी बजार–सिरुखोला–पचारेदोभान र खारखोला भएर झरना जाने बाटो बाढीले बगाएपछि पर्यटकलाई त्यहाँसम्म जानका लागि समस्या भएको छ । अहिले मानिसको आवागमन कम हुँदै गएको पञ्चकन्या ट्राउट हाउस एण्ड मिनि रिसोर्ट सञ्चालन गर्दै आएका सञ्चालक दीपेन्द्र लामिछानेले बताए ।
‘एकातिर बाढीले पोखरी र बाटोमा क्षति पुर्यायो, अर्कोतिर काठमाडौँबाट आउने पर्यटकका लागि सूर्यविनायक–साँगा–धुलिखेलको सडक विस्तारका कारण बाटो असहज भएपछि मानिसहरूको आगमन कम भइरहेको छ’, उनले भने, ‘झरनाको आकर्षण बढाउन, पोखरी र बाटोको संरचना निर्माणका लागि नगरपालिकाबाट आवश्यक बजेटको व्यवस्थापन भइसकेकाले अब छिट्टै बन्ने अवस्थामा छ ।’
पर्यकीयस्थलको संरचनामा क्षति पुगेपछि व्यवसायमा समेत असर परेको उनले बताए । खारखोलाका स्थानीयवासी मैयाँ हमालले झरनाको पोखरी र त्यहाँ जाने बाटो नै बाढीले बगाएपछि आफ्नो पसल अगाडि सडक मर्मत गर्दा बनेको खोलाको पोखरीसम्म आएर पौडी खेलेर फर्कने गरेको बताए ।
बाढीले धेरै क्षति पुर्याएको यस ठाउँमा स्थानीय सरकारले समयमा नै संरचना पुनर्निर्माण नगर्दा व्यवसायमा मन्दी आउनुका साथै स्थानीय कृषि उत्पादन वस्तु बिक्री गर्न नपाएको स्थानीयको गुनासो छ ।
पनौती नगरपालिका–१२ का वडाध्यक्ष जयराम केसी खत्रीले बाढीले क्षति पुर्याएको झरनाको पोखरी बनाउनको लागि यस आर्थिक वर्षमा रु पाँच लाख बजेट व्यवस्थापन भइसकेको बताए । ‘अब झरनाको पोखरी र त्यहाँसम्म जाने बाटो व्यवस्थित बनाउनको लागि नगर र वडाले योजना बनाइसकेको छ,’ उनले भने ।
हरियाली वनजङ्गलको फेदमा लेकबाट आएको चिसो र कञ्चन पानीको झरनामा रुझ्दै पौडी खेल्ने र आराम गरी मनोरञ्जन लिने पोखरी र त्यहाँसम्म जाने बाटोको संरचना नै बगाएपछि त्यहाँको आकर्षण गुमेको छ । विशेष गरेर गर्मीयाममा घुइँचो लाग्ने गरेको सो ठाउँमा शनिबार र बिदाका दिन घुम्न जानेहरूको गन्तव्यस्थल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री फेर्ने हल्लाबिच रास्वपाको पदाधिकारीमा क–कसको छ चर्चा ?
-
इक्वेडरलाई सजिलै हराउँदै सह-आयोजक मेक्सिको अन्तिम १६ मा
-
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन
-
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन अपिल
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण