आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

सेवा प्रवाहमा कमी हुन नदिन कर्मचारी सचेत हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

शनिबार, २१ भदौ २०८२, १७ : ०१
शनिबार, २१ भदौ २०८२

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रसेवक कर्मचारीलाई सेवा प्रवाहमा कुनै कमजोरी हुन नदिन सचेत रहन सुझाव दिएकी छन्।

निजामती सेवा दिवसको अवसरमा शनिबार राजधानीमा चन्द्रलोक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्रसेवक कर्मचारी राष्ट्रको सेवामा समर्पित भएकाले आफ्नो काम प्रभावकारी बनाउन निरन्तर सचेत रहनुपर्ने बताइन्।

उनका अनुसार सुशासन कायम गर्नका लागि सरकारले कर्मचारीको कामकाजमा नियमित अनुगमन र मूल्यांकनको परिपाटी कठोर रूपमा लागू गर्न आवश्यक छ।

भण्डारीले निजामती क्षेत्रलाई राज्यको महत्वपूर्ण अंग र सेवा प्रवाहको मुख्य आधारस्तम्भ (पिलर)को रुपमा व्याख्या गर्दै कर्मचारीको योगदानलाई अवमूल्यन गर्नु हुँदैन भनेकी छन्।

उनले भनिन्, ‘निजामती क्षेत्र राज्यको महत्वपूर्ण अंग हो। खास गरेर सेवा प्रवाहको क्षेत्रमा यो राष्ट्रको मुख्य पिलर हो। तर कहिलेकाहीँ केही कमजोरी देखिन सक्छ, त्यसलाई समग्र प्रवृत्तिकै रूपमा लिनु हुँदैन। निरन्तर अनुगमन र मूल्यांकन हुनुपर्छ।’

भण्डारीले राष्ट्र सेवामा समर्पित भएर काम गर्ने संस्कारलाई अझै सबल बनाउनुपर्ने उल्लेख गरिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप