बारामा नरभक्षी बाघ, थप १ जनाको मृत्यु
सारांश
- आइतबार बारामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।
- ६० वर्षीय छेवाङ्ग लामाको प्रगतिशील सामुदायिक वनमा बाघको आक्रमणबाट ज्यान गएको हो।
- यसअघि पनि बाघको आक्रमणबाट बारामा ३ जनाको मृत्यु भइसकेको छ।
बारा । बाघको आक्रमणबाट बारामा आइतबार एक जना वृद्धको ज्यान गएको छ ।
आज बिहान बिहान च्याउ टिप्न जाने क्रममा प्रगतिशील सामुदायिक वनभित्र बाघको आक्रमणबाट जीतपुर सिमरा–१ का ६० वर्षीय छेवाङ्ग लामाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख वेद प्रकाश जोशीले जनाएका छन् ।
लामा बिहान करिब ७ बजेतिर च्याउ टिप्न गएका थिए । जङ्गलमा बाघको आक्रमणबाट लामाको मृत्यु भएको घटना घाँस काट्न गएका अन्य स्थानीयहरूले देखेर प्रहरीलाई खबर गरेको ईप्रका सिमराले जनाएको छ । लामाको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैया पठाइएको ईप्रका सिमराका प्रमुख जोशीले बताएका छन् ।
यसअघि बाघको आक्रमणबाट बारा अम्लेखगञ्जका ३ जना स्थानीयहरूको ज्यान गइसकेको छ । पछिल्लो २ महिनामा बाघको आक्रमणबाट ४ जनाको ज्यान गइसकेको प्रहरीले जनाएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जले बाघको आक्रमण बढेपछि प्रभावित क्षेत्रमा सिसी क्यामरा जडान गर्ने र नरभक्षी बाघलाई नियन्त्रणमा लिन चितवनबाट प्राविधिक टोली समेत आइसकेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिभावकविहीन बालबालिकाको सहारा बन्यो तमानखोला गाउँपालिका
-
प्रहरी समायोजन र कर्मचारी व्यवस्थापन नहुँदा प्रशासनिक सङ्घीयता कमजोर बन्यो : दङ्गाल
-
सरकारले सङ्घीयताको भावना र मर्म विपरीत कार्य गर्यो : मदनकुमारी साह
-
चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री
-
बागमती नदीमा सशस्त्र प्रहरीको जल उत्पन्न विपद् उद्धार अभ्यास सम्पन्न
-
उत्तर कोरिया प्रतिबन्धबारे लीको टिप्पणी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण