शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

जेनजीले गर्ने प्रदर्शनमा रास्वपाकाे समर्थन, कार्यकर्तालाई भन्याे– दलीय सङ्केत र नारा प्रयोग नगरी सहभागी हुनुस्

आइतबार, २२ भदौ २०८२, १९ : ३४
आइतबार, २२ भदौ २०८२

काठमाडौँ । जेनजीका युवा पुस्ताले सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शन गर्दैछ । भ्रष्टाचार विरुद्ध र सामाजिक सञ्जालमाथि प्रतिबन्धको विषयलाई लिएर जेनजीका युवा पुस्ताले प्रदर्शन गर्न लागेको हो । उक्त प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन जनाएको छ । 

जेनजीले स्वस्फूर्त प्रदर्शनबारे जानकारी पाएर उत्साहित भएका छौँ । सरकारको शृङ्खलाबद्ध कुशासन र राज्यशक्तिको दुरुपयोग, स्वतन्त्रता र मौलिक हक हननका विरुद्ध हामी सदनदेखि सडकमा आवाज निरन्तर उठाइरहेकै छौँ। यो परिप्रेक्षमा जेनजी समेत सशक्त ढङ्गले सडकमा आउन आँट्नु उल्लेख्य राजनीतिक परिघटना हो,रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीद्धारा हस्ताक्षरित  विज्ञप्तिमा भनिएको छ । 

सार्वजनिक मामिलामा सबैको लोकतान्त्रिक संस्कारसंगत प्रत्यक्ष हस्तक्षेप रहोस् भन्ने आफूहरूको मान्यता रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

जेनजीले उठाएका विषयहरूलाई निष्कर्षमा पुर्‍याउन अपिल गर्दै कार्यक्रम बिथोल्ने, घुसपैठ र दमन गर्ने लगायतका कार्य नगर्न सरकार र सत्तापक्षीय दलहरूलाई खबरदारी समेत गरेको छ । 

साथै पछिल्लो पुस्ताको सडक प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध लगायत समस्त युवाहरूलाई कुनै पनि दलीय सङ्केत, नारा र परिचय प्रयोग नगरी ऐक्यबद्धता प्रकट गर्न आग्रह समेत गरेको छ । 

viber_image_2025-09-07_19-24-15-459

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप