सामाजिक सञ्जाल नियन्त्रण होइन, कानुन बनाएर नियमन गर्नुपर्छ : नेपाल मिडिया सोसाइटी
सारांश
- नेपाल मिडिया सोसाइटीले सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन सरकारलाई आग्रह गरेको छ।
- सोसाइटीले सामाजिक सञ्जाल निष्क्रिय पार्ने सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रतामा आघात पुर्याउने चिन्ता व्यक्त गरेको छ।
- सर्वोच्च अदालतको आदेश र कानुनी प्रक्रिया स्पष्ट नहुँदा सरकारको कदमप्रति शङ्का उत्पन्न भएको सोसाइटीको भनाइ छ।
काठमाडौँ । नेपाल मिडिया सोसाइटीले सरकारले सामाजिक सञ्जाललाई नियमन गर्न कानुन बनाएर अघि बढ्नुपर्नेमा जोड दिएको छ । सोसाइटीका अध्यक्ष मदन लम्सालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारले २६ वटा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय गराउने निर्णय हतारमा लिएको भन्दै यसले अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुर्याउने आशङ्का बढाएको बताए।
विज्ञप्तिमा भनिएको छ, ‘कानुनी दृष्टिले दर्ता अनिवार्य हुनु औचित्यपूर्ण भए पनि, व्यावहारिक दृष्टिले तत्काल निष्क्रिय पार्ने निर्णयले प्रयोगकर्ताको व्यक्तिगत तथा व्यावसायिक काममा असर पारेको छ । सरकारलाई कानुन बनाएर पारदर्शी र चरणबद्ध नियमनतर्फ अघि बढ्न जरुरी छ ।’
सोसाइटीले सामाजिक सञ्जाललाई समाचार, व्यवसाय, राजनीतिक अभियान, शिक्षा र समाजसेवाका शक्तिशाली माध्यमका रूपमा स्वीकार गर्दै नियमनका नाममा नियन्त्रण गर्ने प्रयास लोकतन्त्रका लागि खतरनाक हुने चेतावनी दिएको छ।
लम्सालले सर्वोच्च अदालतले समेत ‘कानुन बनाएर मात्र नियमन गर्ने’ आदेश दिएको प्रसङ्ग उठाउँदै सरकारको कदमप्रति शङ्का उत्पन्न भएको उल्लेख गरेका छन् । उनका अनुसार सरकारले कर उठाएर कम्पनीहरूको उपस्थिति स्वीकार गरेको भए पनि सम्पूर्ण कानुनी प्रक्रिया स्पष्ट नगरेको कारण अपराध अनुसन्धान र डेटा सुरक्षामा समस्या देखिएको छ।
सोसाइटीले अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता, डेटा सुरक्षा, व्यावसायिक अधिकार र राष्ट्रिय हितलाई ध्यानमा राख्दै सामाजिक सञ्जाल दर्ता अनिवार्य गर्ने स्पष्ट र पारदर्शी कानुनी संरचना तत्काल निर्माण गर्न सरकारलाई आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण