शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

हकी एसिया कप २०२५ : भारतले चौथो पटक उपाधि जित्यो

सोमबार, २३ भदौ २०८२, ०७ : ४४
सोमबार, २३ भदौ २०८२

सारांश

  • भारतले पुरुष हकी एसिया कप २०२५ को उपाधि जितेर इतिहास रचेको छ।
  • फाइनलमा भारतले डिफेन्डिङ च्याम्पियन दक्षिण कोरियालाई ४-१ गोलले पराजित गर्यो।
  • यो जितसँगै भारतले चौथो पटक उपाधि जित्दै २०२६ को विश्वकपमा स्थान पक्का गरेको छ।

राजगीर । भारतले पुरुष हकी एसिया कप २०२५ को उपाधि जित्दै इतिहास रचेको छ। आइतबार बिहारको राजगीर स्पोर्ट्स कम्प्लेक्समा भएको फाइनलमा भारतले डिफेन्डिङ च्याम्पियन दक्षिण कोरियालाई ४–१ गोल अन्तरले पराजित गर्‍यो।

भारतले चौथो पटक यो उपाधि हात पार्नुका साथै २०२६ को विश्वकपमा पनि स्थान सुरक्षित गरेको छ। फाइनलमा भारतका सुखजीत सिंहले पहिलो मिनेटमै गोल गर्दै अग्रता दिलाए।

दोस्रो क्वार्टरमा दिलप्रीत सिंहले गोल थपे भने तेस्रो क्वार्टरमा उनले दोस्रो व्यक्तिगत गोल गर्दै भारतलाई ३–० ले अघि बढाए। अन्तिम क्वार्टरमा अमित रोहिदासले पेनाल्टी कर्नरमार्फत गोल गर्दै स्कोर ४–० बनाए। कोरियाका सोन डायनले मात्र एक गोल फर्काए।

यसअघि भारतले २०१७ मा मलेसियालाई फाइनलमा हराउँदै एसिया कप जितेको थियो। दक्षिण कोरिया पाँच पटकको च्याम्पियन भए पनि यसपटक दोस्रो पटक मात्र रनर–अप बनेको हो।

यस संस्करणमा भारत अपराजित रह्यो। पूल चरणमा उसले चीन, जापान र कजाकिस्तानलाई हराएको थियो। सुपर–४ चरणमा भारत र कोरिया २–२ को बराबरीमा रोकिएका थिए। त्यहाँबाट भारतले मलेसियालाई ४–१ र चीनलाई ७–० ले हराउँदै फाइनलसम्मको यात्रा तय गरेको हो।

एसिया कपमा अब भारतसँग ४ उपाधि छन्, जुन दक्षिण कोरियापछि दोस्रो सबैभन्दा बढी हो। कोरियाले ५ पटक उपाधि जितेको छ भने पाकिस्तानले ३ पटक कप जितेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप