दबाब र प्रभावमा नपरी निष्पक्ष काम गर्छु : सभापति खतिवडा
सोमबार, २३ भदौ २०८२, १२ : ०४
काठमाडौँ । संसदीय सुनुवाइ समिति (संयुक्त)का सभापति रामहरि खतिवडाले आफूले कसैको दबाब र प्रभावमा नपरी निष्पक्ष ढंगले काम गर्ने बताएका छन् ।
सिंहदरबारमा पद तथा गोपनियताको शपथ लिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति खतिवडाले आफू राज्य व्यवस्था समिति सभापति हुँदाखेरि पनि उल्लेख्य काम गरेको बताए ।
‘म राज्य व्यवस्था समिति सभापति हुँदा पनि सम्झन लायक र उल्लेख्य काम गरेको थिए,’ खतिवडाले भने, ‘काम गर्दागर्दै एउटा प्राविधिक मिस्टेक भयो । त्यसमा नैतिकताको जिम्मेवारी लिँदै मैले पदबाट राजीनामा दिए । संसदीय सुनुवाइ समितिमा पनि सम्झन लायक काम गर्छु ।’
संसदीय समिति रबर स्ट्याम्प मात्रै भयो भन्ने आएको छ भन्ने सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा खतिवडाले सुधार्न आफूले प्रयास गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण