आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी प्रदर्शन

देउवाले प्रधानमन्त्रीलाई भने– सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिनुस्

सोमबार, २३ भदौ २०८२, २० : ४०
सोमबार, २३ भदौ २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय तुरुन्त फिर्ता गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गर्दै सरकारको निर्णय फिर्ता लिन आग्रह गरेका हुन् । देउवाले टेलिफोन गर्दा ओली मन्त्रिपरिषद् बैठक सञ्चालन गरिरहेका थिए भने देउवा पदाधिकारी बैठकमा थिए ।

कांग्रेस पदाधिकारी बैठकमा सहभागी पदाधिकारीका अनुसार पदाधिकारी बैठक चलिरहेकै बेला बैठक हलबाट देउवाले प्रधानमन्त्री ओलीलाई फोन गरेका थिए ।

ओलीले भने मन्त्रीहरूसँग सल्लाह गरेर निर्णय लिने बताएको जानकारी देउवाले पदाधिकारी बैठकमा गराएको ती पदाधिकारीले रातोपाटीलाई बताए ।

अहिले पनि देउवा निवास बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप