सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
अपडेट

गगन–विश्वप्रकाशको निष्कर्ष : ७ बुँदेको औचित्य सकियो, मन्त्रीहरू फिर्ता हुनु

मङ्गलबार, २४ भदौ २०८२, १३ : ०८
मङ्गलबार, २४ भदौ २०८२

सारांश

  • नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले एमालेसँगको ७ बुँदे सहमति खारेज गरेका छन्।
  • दुवै नेताले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन र देउवालाई मन्त्री फिर्ता बोलाउन आग्रह गरेका छन्।
  • आग्रह नमानिए अन्य प्रक्रियाबाट निर्णय लिने चेतावनीसमेत दिएका छन्।

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेकपा एमालेसँग भएको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको घोषणा गरेका छन् ।

मंगलबार संयुक्त विज्ञप्ति निकालेर दुवै नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् भने पार्टी सभापति देउवालाई सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउन आग्रह गरेका छन् ।

सभापति देउवाले यो आग्रह नमाने अन्य प्रक्रियाबाट कदम चालेर निर्णय लिन बाध्य हुने उनीहरूको चेतावनी छ ।

gagan bisho

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप