शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

भारतीय प्रधान न्यायाधीशले इजलासमै गरे नेपालको अवस्थाबारे चर्चा

बुधबार, २५ भदौ २०८२, २० : ३८
बुधबार, २५ भदौ २०८२

काठमाडाैँ । भारतका प्रधान न्यायाधीश बीआर गवईले बुधबार इजलासमै नेपालबारे चर्चा गरेका छन् । बुधबार भारतीय सर्वोच्च अदालतको संवैधानिक इजलासमा उनले नेपालमा हालै भएको राजनीतिक घटनाक्रमलाई उदाहरणका रूपमा प्रस्तुत गरेका हुन् ।

भारतका राष्ट्रपति र राज्यपालको अधिकार क्षेत्रसँग सम्बन्धित एक मुद्दाबारे सुनुवाइ गर्दै भारतीय प्रधान न्यायाधीश गवईले भने, ‘हामीलाई हाम्रो संविधानमाथि गर्व छ । हाम्रो छिमेकी मुलुकलाई हेर्नुस्, नेपालको हालत सबैका सामु छ ।’

भारतको संविधानमा राज्यपाल र राष्ट्रपतिका लागि विधेयकमाथि निर्णय लिन कुनै समयसीमा छैन । यस्तो अवस्थामा अदालतले उनीहरूलाई समयसीमामा बाँध्न सक्छ कि सक्दैन भन्नेबारे संवैधानिक इजलासमा बहस भइरहेको हो ।

सोही मुद्दाको सुनुवाइका क्रममा भारतीय प्रधान न्यायाधीश गवईले भारतको संविधानको प्रशंसा गरेका हुन् ।

उनी केही दिनअघि नेपाल भ्रमणमा समेत आएका थिए । सो क्रममा उनले नेपालका समकक्षी प्रकाशमान सिंह राउतसँग समेत भेटवार्ता गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप