मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

जर्मनीलाई हराए पनि दक्षिण कोरियाली टोलीलाई विमानस्थलमा ‘अण्डा’ ले स्वागत (भिडियो)

शनिबार, १६ असार २०७५, ०८ : ४८
शनिबार, १६ असार २०७५

एजेन्सी । सन ह्युङ–मिन र दक्षिण कोरियाली फुटबल टोलीलाई समर्थकहरुले अण्डा र युनियन ज्याक कुसनले विमानस्थलमा स्वागत गरेका छन् ।

शुक्रबार इन्च्योन विमानस्थलमा टोलीलाई धेरै समर्थकहरुले न्यायाने स्वागत गरेका थिए ।

तर, जब टोली फोटोका लागि उभिए केही रुष्ट समर्थकहरुले उनीहरुमाथि कुसन र अण्डा हिर्काउन थाले ।

यद्यपि, कुनैले खेलाडीलाई भने लागेन ।

लगत्तै, सन र प्रक्षिक सिन टाई योङले सम्बोधन गर्दै यति चाँडो घर फर्कनु पर्दा आफुहरु निराश बनेको बताए ।

‘हामी जुलाईभन्दा अघि घर फर्कन चाहँदैन थियौँ । जुनमा नै घर फर्कनुपर्दा हामी निराश छौँ’ उनले भने, ‘सबै समर्थकहरुलाई धन्यावाद । तपाईंहरु बिना विश्वकपमा त्यो चमत्कार गर्न सक्ने थिएनौँ ।’

सनले पनि सबै समर्थकहरुलाई धन्यवाद दिँदै आफूहरुले गरेको वाचा पूरा गर्न नसकेकोमा माफी मागे । उनले जर्मनीको खेलले केही आशा देखाएको बताए र थप सफलताका अझ मिहिनेत गर्ने बताए ।


साबिक विजेता जर्मनीलाई २–० गोलअन्तरले पराजित गरे पनि दक्षिण कोरिया विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

अब टोलीले सन् २०१९ मा एसिया कपमा प्रतिस्पर्धा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप