आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

एसिया कपमा बंगलादेश र हङकङ भिड्दै

बिहीबार, २६ भदौ २०८२, १४ : ०९
बिहीबार, २६ भदौ २०८२

सारांश

  • एसिया कप क्रिकेटमा बंगलादेश र हङकङबीच खेल हुँदैछ, खेल राति ८:१५ मा सुरु हुनेछ।
  • बंगलादेश आजको खेल जित्दै प्रतियोगितामा बलियो बन्ने योजनामा छ।
  • हङकङ पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो र जितको खोजीमा छ।

काठमाडौँ । एसीसी एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको पहिलो खेलमा बंगलादेशले हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।  शेख जायद स्टेडियममा हुने दुई टोलीबिचको खेल नेपाली समयअनुसार राति ८ः १५ मा सुरु हुनेछ । 

आजको खेलमा बंगलादेश जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ ।  यता हङकङ प्रतियोगितामा पहिलो जित निकाल्ने योजनामा हुनेछ । हङकङ पहिलो खेलमा अफगानिस्तानसँग ९४ रनले पराजित भएको थियो । 

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा अफगानिस्तानले जित निकाल्दा दोस्रो खेलमा भारतले युएईलाई ९ विकेटले हराएको थियो ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप