शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
सिंहदरबारको दृश्य

सिंहदरबारभित्रका तीन मन्त्रालय पूर्णरुपमा ध्वस्त, कतिपय मन्त्रालयमा छैन खासै क्षति (फोटोफिचर)

शुक्रबार, २७ भदौ २०८२, १५ : ४७
शुक्रबार, २७ भदौ २०८२

सारांश

  • जेनजी आन्दोलनकारीले आगजनी गर्दा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पूर्ण रूपमा ध्वस्त भयो।
  • आन्दोलनकारीले सिंहदरबारभित्र प्रवेश गरी आगजनी गर्दा शिक्षा, गृह र स्वास्थ्य मन्त्रालयमा पूर्ण क्षति पुग्यो।
  • सिंहदरबारभित्रका कैयौं गाडी जलेका छन् भने मुख्यसचिवसहित सचिवहरूले सिंहदरबारको निरीक्षण गरे।

काठमाडौँ । जेनजी आन्दोलनकारीले आगजनी गर्दा देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पूर्णरुपमा ध्वस्त बनेको छ ।

भदौ २३ गतेको आन्दोलनमा प्रहरी दमन भएपछि त्यसको भोलिपल्ट आन्दोलन चर्किँदा प्रदर्शनकारीले सिंहदरबारभित्र घुसेर आगजनी गरेका थिए । रातोपाटीले शुक्रबार गरेको स्थलगत रिर्पोटिङको क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित शिक्षा र गृह मन्त्रालयमा शतप्रतिशत क्षति देखिएको हो । 

inside singhadurbar (34)

यस्तै सिंहदरबार बाहिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि शतप्रतिशत क्षति भएको छ । 

 तर कतिपय मन्त्रालयहरू खासै क्षति देखिएन । केही मन्त्रालयमा भने आंशिक क्षति भएको देखिएको छ ।

inside singhadurbar (36)

सञ्चार तथा सूचना प्रविधि, कानुन, भौतिक पूर्वाधार, खानेपानी, परराष्ट्र, अर्थ, सहरी विकास, खेलकुद जस्ता मन्त्रालयमा खासै क्षति छैन । आंशिक क्षति भएका मन्त्रालयहरुमा सामान्य प्रशासन, कृषि, शिक्षाजस्ता मन्त्रालय छन् । 

inside singhadurbar (17)

सिंहदरबारभित्रका मन्त्रालय र कार्यालयमा ढुंगामुढा नभएको भने कमै छन् । तर आगजनीले शतप्रतिशत क्षति भने तीन मन्त्रालयमा मात्रै भएको देखिएको हो ।  यस्तै सिंहदरबारभित्रका कैयन गाडी पनि जलेका छन् ।

inside singhadurbar (21)

शुक्रवार नै मुख्यसचिव एकनारायण अर्यालसहित नेपाल सरकारका सचिवहरूले समेत सिंहदरबारको निरीक्षण गरेका थिए । 

हेर्नुस् सिंहदरबारभित्रका मन्त्रालयहरुको शुक्रबार खिचिएको ताजा फोटो

inside singhadurbar (33)inside singhadurbar (35)inside singhadurbar (18)inside singhadurbar (19)inside singhadurbar (20)inside singhadurbar (22)inside singhadurbar (23)inside singhadurbar (24)inside singhadurbar (25)inside singhadurbar (26)inside singhadurbar (27)inside singhadurbar (28)inside singhadurbar (29)inside singhadurbar (30)inside singhadurbar (31)inside singhadurbar (32)

inside singhadurbar (1)inside singhadurbar (2)inside singhadurbar (3)inside singhadurbar (4)inside singhadurbar (5)inside singhadurbar (6)inside singhadurbar (7)inside singhadurbar (8)inside singhadurbar (9)inside singhadurbar (10)inside singhadurbar (11)inside singhadurbar (12)inside singhadurbar (13)inside singhadurbar (14)inside singhadurbar (15)inside singhadurbar (16)

 

फोटो एजेन्सीबाट प्राप्त थप केही तस्बिर

singhadurbar-thursday_npl-(8)_nHGLPIo0qMsinghadurbar-thursday_npl-(9)_mVVsZoNNDZsinghadurbar-thursday_npl-(10)_rsLQEpbhYosinghadurbar-thursday_npl-(17)_cClrhKWbWo

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप
कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप