शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश सरकार ढल्यो, प्रदेश प्रमुखलाई औपचारिक पत्र

शनिबार, २८ भदौ २०८२, २० : ०७
शनिबार, २८ भदौ २०८२

जनकपुरधाम । जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको आफ्नो दललाई फिर्ता बोलाएको छ । 

पार्टीले आज प्रदेश प्रमुखलाई एक पत्र लेख्दै यसबारे जानकारी गराएको हो । 

जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले आज मधेस प्रदेश प्रमुखलाई पत्र पठाउँदै समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् । पत्रमा उल्लेख भएअनुसार जनमतले सरकारमा समर्थनसमेत उक्त पार्टीका मुख्यमन्त्री तथ मन्त्रीहरूलाइ फिर्ता बोलाएको छ । 

पछिल्लो राजनीतिक परिस्थिति र आन्तरिक निर्णयअनुसार मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई बोलाएको पत्रमा उल्लेख गरिएको छ ।

यसैबिच जेनजी आन्दोलन उग्र बनेको बेला भदौ २४ गते राजीनामा घोषणा गरिरसकेका मुख्यमन्त्री सतिश कुमार सिंहले आफूले औपचारिक रूपमा राजीनामा नदिएको दाबी गर्दै पुनः कामकाजमा फर्किने बताएका थिए । उनको उक्त कदमको चौतर्फी आलोचना भइरहेको छ । 

madesh-patra

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप