शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

जेनजीका नाममा वितण्डा निन्दनीयः मुख्यमन्त्री कँडेल

आइतबार, २९ भदौ २०८२, १६ : ४८
आइतबार, २९ भदौ २०८२

सारांश

  • मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनको नाममा प्रतिशोध लिने काम भएको आरोप लगाए।
  • उनले जेनजी आन्दोलनमा भएका तोडफोड र हिंसालाई निन्दनीय भनेका छन्।
  • मुख्यमन्त्रीले युवाहरूलाई भड्काएर हिंसामा उतार्ने कार्य अस्वीकार्य रहेको बताए।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनलाई प्रयोग गरी केही व्यक्ति तथा समूहले प्रतिशोध साध्ने काम गरेको आरोप लगाएका छन् । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित  पत्रकार सम्मेलनमा उनले जेनजीका नाममा वितण्डा मच्चाइँदा निजी तथा सरकारी निवाससहित सवारीसाधनहरूमा क्षति पुगेको जानकारी दिए ।

 आन्दोलनकारीहरूलाई वास्तविक उद्देश्य थाहा नभए पनि व्यावसायिक लाभका लागि केही तत्त्व सक्रिय देखिएको उनले दाबी गरे । 

कँडेलले गणतन्त्र ल्याउने क्रममा राजनीतिक दलहरूले जिम्मेवारीभन्दा सत्तालाई प्राथमिकता दिएको स्वीकार गर्दै विकास र समृद्धि बेवास्ता भएकाले आज समर्थक भेट्न गाह्रो भएको टिप्पणी गरे ।

उनले जेनजी आन्दोलनका मागमध्ये सुशासन र भ्रष्टाचारविरुद्धका आवाज समर्थनयोग्य भए पनि तोडफोड, आगजनी र हिंसा निन्दनीय भएको बताए । ‘कतिपय अनुकरणीय कुरा छन्, तर त्यसका नाममा वितण्डा गर्नु गलत हो,’ उनले भने ।

मुख्यमन्त्रीले बेरोजगार युवालाई भड्काएर हिंसामा उतार्ने कार्य अस्वीकार्य भएको उल्लेख गर्दै विषम परिस्थितिलाई सामान्य पार्न सामूहिक पहल आवश्यक रहेकोमा जोड दिए । साथै, प्रदेश संरचनामा भएको क्षतिको अभिलेख राख्न र संघीय सरकारले आकलन सुरु गरेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप