एभरेस्ट महिला भलिबल लिग: बाँकी रहेका खेलको नयाँ मिति घोषणा हुने
सारांश
- एभरेस्ट महिला भलिबल लिगका बाँकी खेलहरू निरन्तरता पाउने भएका छन्।
- प्रतियोगिता स्थगित भएपछि, बाँकी ७ खेलको मिति फ्रेन्चाइजी टोली र सुरक्षा अवस्था हेरेर तोकिनेछ ।
- आयोजकले स्वदेशी र विदेशी खेलाडी, प्रशिक्षक र व्यवस्थापन टोलीलाई सुरक्षित घर पठाएको जनाएको छ।
काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्यूभीएल) को बाँकी खेलहरूले निरन्तरता पाउने भएका छन् ।
आयोजक इन्फिनिटी इभेन्ट म्यानेजमेन्टले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको बाँकी ७ खेलको मिति फ्रेन्चाइजी टोली र सुरक्षाको अवस्था हेरेर तोकिने बताएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण प्रतियोगिता स्थगित भएको थियो । प्रतियोगितामा ६ फ्रेन्चाइजी टोलीको सहभागिता रहेको थियो ।
‘एभरेस्ट महिला भलिबल लिग रोकिनु अगावै, १६ मध्ये ९ खेल सम्पन्न भइसकेका छन् । बाँकी ७ खेल हालको अंक तालिकाबाट मिति तोकेर आगामी दिनमा निरन्तरता दिइनेछ । यी खेलहरू पुनः सुरु गर्ने मिति नेपाल भलिबल संघ, हाम्रा ६ फ्रेन्चाइजी र प्रायोजकसँग मिलेर तय गरिनेछ,’ आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
आयोजकले भलिबल लिगमा सहभागी सबै स्वदेशी र विदेशी खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई सुरक्षित रूपमा घर पठाइएको जानकारी जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण