शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

मन्त्री बन्ने चर्चाकाबिच सन्दुक रुइतले भने– मेरो साधना अन्धोपन निवारण हो

सोमबार, ३० भदौ २०८२, १८ : २७
सोमबार, ३० भदौ २०८२

काठमाडौँ । बरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले आफ्नो साधना नै अन्धोपन निवारण रहेको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चाबिच साेमबार रुइतको यस्तो भनाई आएको हो । 

उनले भने,'मेरो साधना नै अन्धोपन निवारण हो । मलाई हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिनका लागि अनुरोध आउने गरेको छ । तर, म प्रष्ट छु मेरो कर्म भनेको नेपाली र संसारभरका बिरामीको सेवामा आफ्नो सीप, ज्ञान र समय दिनु हो ।नेपाल र नेपालीको नाम संसारभर पुऱ्याउनु हो ।'

उनले सबै आफ्नो पेसा, कर्म र व्यवसायमा इमानदारी पूर्वक लागेमा देशको अवस्था परिवर्तन गर्न धेरै समय नलाग्ने उल्लेख गर्दै आफ्नो पेसा र कर्मबाट नेपाल र नेपालीको हितका लागि सदैव योगदान दिइरहने बताए । उनले सबै जुटेर देश बनाउनुपर्नेमा जोड दिए । 

547323951_1322188619272534_1681818019983457689_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप