सुरक्षा प्रमुखहरूलाई मुख्यमन्त्री कँडेलले भने– लुटपाट गर्नेलाई कारबाहीको दायरामा ल्याउनुस्
सारांश
- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजेड पुस्ताको आन्दोलनपछिको अवस्थाबारे सुरक्षा निकायसँग छलफल गरे।
- मुख्यमन्त्रीले आन्दोलनका नाममा भएको हिंसा र तोडफोडका कारण नागरिक त्रसित भएको बताए र सुरक्षा निकायलाई जनजीवन सामान्य बनाउन आग्रह गरे।
- कँडेलले आन्दोलनमा भएको हिंसात्मक कार्यको अनुसन्धान र कारबाही गर्न र प्रदेश सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
सुर्खेत । जेनजेड पुस्ताको आन्दोलनपछि उत्पन्न पछिल्लो अवस्थाबारे कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशस्थित सुरक्षानिकायहरुसँग छलफल गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार आयोजित छलफलमा कँडेलले आन्दोलनका नाममा भएको हिंसा र तोडफोडका कारण नागरिक त्रसित रहेको बताए ।
यस्तो अवस्थामा सबैलाई आश्वस्त पार्ने गरी काम गर्न चार वटै सुरक्षा निकायलाई उनले आग्रह गरे । उद्देश्य राम्रो भएपनि आन्दोलनको नाममा भएको हिंसा र तोडफोडले मुलुकले अकल्पनीय क्षति व्यहोर्नु परेको र नागरिक अझैपनि भयवित अवस्थामा रहेकोले जनजीवन सामान्यकृत हुने गरी आफ्ना गतिविधि सञ्चालन गर्न सुरक्षा निकायलाई सुझाव दिए ।
मुख्यमन्त्री कँडेलले भने, ‘जेनजेड पुस्ताको आन्दोलनमा नाममा भएका हिंसात्मक कामहरूको अनुसन्धान र कारबाहीका कामहरू हुन्छन् नै, तर त्यसपछि पनि नागरिक त्रासमा छन् । यो अवस्थाबाट माथि उठाएर आश्वस्त पार्ने काममा तपाईँहरू लाग्नुस् ।’
साथै, उनले थप शान्ति सुरक्षा बिग्रन नदिन प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने सुरक्षा प्रमुखहरूलाई आश्वस्त पारे । मुख्यमन्त्री कँडेलले आन्दोलनमा नाममा भएका आगजनी र लुटपाटमा पूर्वाग्रह नराखेर अनुसन्धान गर्न र कानुन बमोजिम कारबाही गर्न आग्रह समेत गरे ।
'तपाईँहरूलाई माथिको आदेश पर्खनु पर्दैन, पूर्वाग्रह नराखेर अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुस्,’ मुख्यमन्त्री कँडेलले भने ।
छलफलमा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र यादव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिशश्वर आचार्यसहित प्रदेशस्थित चार वटै सुरक्षाका प्रमुखहरूको सहभागिता रहेकाे थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण