दुई आयोगका अध्यक्षद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस
बिहीबार, ०२ असोज २०८२, १३ : २३
काठमाडौँ । नेपालको संविधानको धारा २९४ बमोजिम मधेसी आयोग र राष्ट्रिय महिला आयोगका अध्यक्षले आ–आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेका छन्।
राष्ट्रपति कार्यालयमा बिहीबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह र राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाएका हुन्।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीप कुमार कोईरालाका अनुसार प्रतिवेदन बुझाउने क्रममा दुबै अध्यक्षहरूले आयोगका गतिविधि, चुनौती र आगामी योजनाबारे राष्ट्रपति समक्ष संक्षिप्त जानकारी दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण