नवरात्र नजिकिएसँगै सिँगारिँदै काठमाडौँ उपत्यकाका शक्तिपीठ
सारांश
- काठमाडौं उपत्यकाका शक्तिपीठहरू नवरात्रका लागि सिँगार्न थालिएको छ, झिलीमिली बत्ती जडान गरिएको छ।
- नवरात्र आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म मनाइन्छ, जसमा भक्तजनको घुइँचो लाग्ने गर्दछ।
- यस वर्षको नवरात्र असोज ६ गते सुरु भई असोज १५ गतेसम्म चल्नेछ।
काठमाडौँ । नवरात्र नजिकिएसँगै काठमाडौँ उपत्यकाका शक्तिपीठ सिँगार्न थालिएको छ । काठमाडौँ उपत्यकाका नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, चामुण्डामाईलगायत शक्तिपीठहरू झिलीमिली बत्तीसहित सिँगारिएका छन् । एक साताअघिदेखि यी मन्दिर क्षेत्रमा सिँगारिएका हुन् ।
आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल नवमीसम्मका नौ रातलाई ‘नवरात्र’ भनिन्छ । नवरात्रमा काठमाडौँ उपत्यकासहित देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । मैतीदेवी मन्दिर क्षेत्रमा नवरात्रको सबै तयारी पूरा भएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका काठमाडौँ महानगरपालिका–३० का वडाध्यक्ष दलबहादुर कार्कीले जानकारी दिए ।
नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । यस अवसरमा घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गाको पूजा आराधना एवं दुर्गासप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गरिन्छ । यस वर्षको नवरात्र असोज ६ गते सोमबारदेखि सुरु हुँदैछ । असोज १५ गते बुधबारसम्म नवरात्र रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।
नवरात्रभर पूजा, आराधना गरिएको देवीको प्रसाद असोज १६ गते विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमाका दिनसम्म ग्रहण गरिन्छ । विजयादशमीका दिनदेखि मान्यजनकहाँ टीका, प्रसाद एवं आशीर्वाद थाप्ने प्रचलन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैकल्पिक भनिएका शक्तिहरू बिचार शून्य र विध्वंसात्मक बाटोमा लागे : राउत
-
प्रधानमन्त्री बालेनले संसदमा बोलेको कुरा रणनीतिक हो : विनोज बस्न्यात
-
असममा भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
-
उत्तरपश्चिमी पाकिस्तानमा भारी वर्षा, ४ जनाको मृत्यु
-
फुटबलप्रेमी महान् साहित्यकारहरू
-
काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण