चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
शनिबार, ३० जेठ २०८३, १५ : २८
सारांश
- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चुनावी परिणामलाई लिएर हार नमानेको बताएका छन् ।
- उनले चुनावमा सोचेजस्तो परिणाम नआए पनि पार्टीलाई थप बलियो र देशव्यापी बनाउने बताए ।
- उनले सदस्यता वितरण गर्नका लागि अभियानको रूपमा नै अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चुनावी परिणामलाई लिएर हार नमानेको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष घिसिङले चुनावमा सोचेजस्तो परिणाम नआए पनि हार नमानेको भन्दै पार्टीलाई थप बलियो र देशव्यापी बनाएर लैजाने बताए ।
उनले पछिल्लो निर्वाचन आफूहरूका लागि अनुभव र सिकाइ भएकाले यो सफलताका लागि पहिलो खुट्किलो भएको धारणा राखे ।
जनताको विश्वास र माया आफूहरू नगुमाएको भन्दै उनले आगामी दिनमा जनताको विश्वासलाई नै शक्तिमा परिणत गर्ने बताए ।
उनले सदस्यता वितरण गर्नको लागि अभियानको रूपमा नै अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
-
वैकल्पिक भनिएका शक्तिहरू बिचार शून्य र विध्वंसात्मक बाटोमा लागे : राउत
-
प्रधानमन्त्री बालेनले संसदमा बोलेको कुरा रणनीतिक हो : विनोज बस्न्यात
-
असममा भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
-
उत्तरपश्चिमी पाकिस्तानमा भारी वर्षा, ४ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण