आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

नेपाली क्रिकेट टोलीले पायो यूएईको भिसा

आइतबार, ०५ असोज २०८२, १४ : ०७
आइतबार, ०५ असोज २०८२

काठमाडौँ । युनिटी कप टि–ट्वान्टी इन्टरनेशनल प्रतियोगितामा सहभागी हुने नेपाली क्रिकेट टोलीले यूएईको भिसा प्राप्त गरेका छन् ।

नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाले आइतबार विज्ञप्ति जारी गर्दै नेपाली क्रिकेट टोलीका सदस्यले भिसा प्राप्त गरेको जानकारी दिएका हुन् ।

नेपाली टोलीले सेप्टेम्बर २७ देखि ३० सम्म यूएईमा वेस्ट इन्डिजको राष्ट्रिय क्रिकेट टोलीसँग युनिटी कप टी–ट्वान्टी प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ ।

सो प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली भोलि यूएई प्रस्थान गर्ने जनाइएको छ ।
can

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप