शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय मुवाँथाई एकेडेमी सञ्चालनमा

सोमबार, ०६ असोज २०८२, ०६ : ०४
सोमबार, ०६ असोज २०८२

सारांश

  • दक्षिणकालीमा राष्ट्रिय मुवाँथाई एकेडेमी सञ्चालनमा आएको छ, जहाँ मुवाँथाई, मार्सल आर्ट्स र योगाको प्रशिक्षण हुनेछ।
  • अध्यक्ष गणेशलाल कक्षपतिले व्यक्तिगत लगानीमा एकेडेमी निर्माण गरेका हुन्, जसको लक्ष्य प्रतिभाशाली खेलाडी उत्पादन गर्नु हो।
  • एकेडेमी सञ्चालनको अवसरमा ग्रान्ड मास्टर सिद्धाचार्य माक युरी वज्रमुनीले खेलाडीहरूलाई प्रशिक्षण दिए।

काठमाडौँ । दक्षिणकाली–१, चाल्नाखेलमा राष्ट्रिय मुवाँथाई एकेडेमी सञ्चालनमा आएको छ। यो एकेडेमीमा मुवाँथाईका साथै अन्य मार्सल आर्ट्स र योगाको पनि प्रशिक्षण गरिने नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिएका छन्।

अध्यक्ष कक्षपतिले व्यक्तिगत लगानीमा जग्गा भाडामा लिएर यो एकेडेमी निर्माण गरेका हुन्। यसको मुख्य लक्ष्य देशभरिबाट प्रतिभाशाली खेलाडीहरू छनोट गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नु र उनीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी गराउनु रहेको उनले बताए।

एकेडेमी सञ्चालनको अवसरमा ग्रान्ड मास्टर सिद्धाचार्य माक युरी वज्रमुनीले खेलाडीहरूलाई प्रशिक्षणसमेत दिएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप