बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

गाजाको अवस्थाबारे अरब देशका नेताहरूसँग ट्रम्पले वार्ता गर्ने

मङ्गलबार, ०७ असोज २०८२, १५ : ४७
मङ्गलबार, ०७ असोज २०८२

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार न्यूयोर्कमा अरब देशका नेताहरूसँग भेटेर गाजाको अवस्थाबारे छलफल गर्ने भएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्यहूसँगको भेटअघि ट्रम्पले अरब देशका नेताहरूसँग भेटवार्ता गर्न लागेका हुन् । 

ट्रम्प र दुई नेतान्यहूबिच सेप्टेम्बर २९ मा भेट्ने कार्यक्रम छ । ट्रम्पको अरब नेताहरूसँगको भेट न्यूयोर्कमा संयुक्त राष्ट्र सङ्घको महासभाको बैठकको बिचमा हुन लागेको हो । 

भेटमा साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, इजिप्ट, जोर्डन, टर्की, इन्डोनेसिया र पाकिस्तानका नेताहरूले भाग लिनेछन् । 

बैठकको अतिरिक्त डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र सङ्घको महासभालाई पनि सम्बोधन गर्नेछन् । सोमबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले संयुक्त राष्ट्र सङ्घको महासभामा प्यालेस्टाइनलाई एक देशको रूपमा मान्यता दिएका थिए । 

यसअघि आइतबार बेलायत, अष्ट्रेलिया, पोर्चुगल र क्यानडाले पनि प्यालेस्टाइनलाई मान्यता दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप