मुख्यमन्त्री कँडेल भन्छन् : जेनजीका माग पवित्र थिए, स्वार्थी समूहले दुरुपयोग गर्यो
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भदौ २३ र २४ गते भएको आन्दोलनमा जेनजी पुस्ताका पवित्र मागहरूमाथि स्वार्थी समूहले दुरुपयोग गरेको बताएका छन् ।
नेकपा एमाले जनसङ्गठन समन्वय संयन्त्र कर्णाली प्रदेशद्वारा मंगलबार सुर्खेतमा आयोजित भेलालाई सम्बोधन गर्दै कँडेलले पवित्र उद्देश्य बोकेका जेनजी समूहको ब्यानरमा निश्चित उद्देश्य बोकेका व्यक्ति र समूहले प्रविधिको दुरुपयोग गरी वितण्डा मच्चाएको टिप्पणी गरे ।
भ्रष्टाचार नियन्त्रण, स्थिर सरकार र सुशासनजस्ता पवित्र उद्देश्य र माग राखेका जेनजी पुस्ताको आन्दोलनलाई हामी सबैले सकारात्मक मान्नुपर्छ,’ उनले भने, ’तर, उनीहरूलाई प्रयोग गरेर देशको सार्वभौमिकतामाथि प्रहार गर्ने गलत कामहरू भए, जेनजीले पवित्र भावनाका साथ उठाएका मुद्दाहरू दुरुपयोग र पथ भ्रष्ट गरिए ।’
निर्वाचित संस्था फालेर जेनजीको नाम लिनेहरू मन्त्री माग्न दूतावास धाउन थालेको पनि उनले बताए । ’एउटा सार्वभौम राष्ट्रका लागि योभन्दा लज्जास्पद अरू के हुनसक्छ,’ उनले प्रश्न गरे, ’त्यसैले यो आन्दोलनले न अधिकार स्थापित गर्यो न लोकतन्त्र र मुलुकको सार्वभौमसत्तालाई बलियो बनाउने काम गर्यो ।’
हरेक आन्दोलन र क्रान्तिहरूले ल्याएका परिवर्तन गौरव गर्न लायक भए पनि जेनजी पुस्ताको आन्दोलनपछि भएको हिंसात्मक गतिविधि कुनै पनि कोणबाट देशको हितमा नभएको उनले बताए ।
नागरिक सरकार गठन, सेनापतिसँग वार्ता, प्रतिनिधिसभा विघटन, मन्त्रीका लागि विदेशी संस्था र दूतावासहरूमा खुलेआम धाउन थालेका घटनाक्रमले जेनजी भाइबहिनीहरूले गरेको पवित्र आन्दोलनको मानमर्दन गरेको पनि मुख्यमन्त्री कँडेलको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण