शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

बुधबार, ०८ असोज २०८२, ०७ : ०३
बुधबार, ०८ असोज २०८२

सारांश

  • नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ।
  • बैठकमा राजनीतिक घटनाक्रम, महाधिवेशन तयारी लगायतका विषयमा छलफल हुनेछ।
  • प्रचण्डले केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन्।

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक सुरु हुनेछ । 

बैठकमा जेनजी विद्रोहपछिको राजनीतिक घटनाक्रम, अध्यक्ष प्रचण्डले पेस गरेको केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव, महाधिवेशन तयारी लगायतका विषयमा छलफल हुने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । 

साथै बिहीबार (भोलि) बस्ने केन्द्रीय समितिको बैठकको एजेन्डा पनि बैठकले तय गर्ने बताइएको छ । यसअघि असोज ५ गते बसेको पदाधिकारी बैठकमा प्रचण्डले मौजुदा केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप