सिमकोट गाउँपालिका–८ ले सुरु गर्यो आफ्नै भवनबाट सेवा
सारांश
- सिमकोट गाउँपालिका-८ को वडा कार्यालयले नयाँ भवनबाट सेवा सुरु गरेको छ।
- नयाँ भवनमा आठ कोठा छन् र यसले सेवा प्रवाह सहज बनाएको छ।
- भवन निर्माण ७४ लाखमा भएको हो, र सौर्य ऊर्जा तथा इन्टरनेट जडान गरिएको छ।
हुम्ला । भौगोलिक रूपमा विकट यहाँको सिमकोट गाउँपालिका–८ को वडा कार्यालयले आफ्नै सुविधायुक्त भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।
दुई वर्षमा निर्माण गरिएको सुविधा सम्पन्न भवनबाट वडा कार्यालय सञ्चालन गरिएको हो । दुई तलाको नयाँ वडा कार्यालय भवनमा आठ वटा कोठा रहेको वडाध्यक्ष कमल बुढाले जानकारी दिए ।
यसअघि सीमित कोठा भाडामा लिएर वडा कार्यालय सञ्चालन गर्दा असजिलो हुने गरेकामा नयाँ र सुविधासम्म भवन निर्माण पछि सहज भएको उनले बताए ।
यसैगरी छिमेकी नाम्खा गाउँपालिकाले सहयोग गरेको सौर्य ऊर्जाले काम गर्न झनै सहज बनाएको उनको भनाइ छ । विद्युत्को व्यवस्था भएपछि केही दिन अगाडिदेखि इन्टरनेट सेवा पनि जडान गरिएको छ । हाल वडा कार्यालयमा एक वडा सचिव र दुई जना कार्यालय सहयोगी कार्यरत छन् ।
सो वडाका सेवाग्राही जैमल बुढाले नयाँ भवनदेखि सेवा प्रवाह हुन थालेपछि सजिलो अनुभव गरेको बताए । यो भवन रु ७४ लाखमा निर्माण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण