साउदी अरब र पाकिस्तानबिचको रक्षा सम्झौताबारे के भन्छ इरान ?
बिहीबार, ०९ असोज २०८२, १० : ४२
सारांश
- इरानी राष्ट्रपतिले साउदी अरेबिया र पाकिस्तानबीचको रक्षा सम्झौताको स्वागत गरेका छन्।
- उनले कतारको दोहामा इजरायली आक्रमणको निन्दा गरे।
- उनले बल प्रयोगबाट सुरक्षा सुनिश्चित नहुने बताए, विश्वास पुनर्स्थापना आवश्यक छ।
तेहरान । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले साउदी अरेबिया र पाकिस्तानबिचको रक्षा सम्झौतालाई स्वागत गरेका छन् । यो कदमले सो क्षेत्रमा व्यापक सुरक्षा प्रणालीको सुरुआत गर्ने र यो मुस्लिम देशहरू बिच राजनीतिक, सुरक्षा र रक्षा क्षेत्रमा सहयोग भएको पनि उनले बताए ।
बुधबार संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधनको समयमा इरानी राष्ट्रपतिले यस महिना कतारको राजधानी दोहामा भएको इजरायली आक्रमणको पनि निन्दा गरेका थिए ।
‘बल प्रयोग गरेर सुरक्षा सुनिश्चित गर्न सकिँदैन, यसका लागि विश्वास पुनर्स्थापित गर्न, क्षेत्रीय सम्पर्क बढाउन र बहुपक्षीय ऐक्यबद्धता आवश्यक छ’ उनले भने ।
इरानले कहिल्यै आणविक हतियार प्राप्त गर्न नखोजेको अनि कहिल्यै यसो नगर्ने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
-
आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
-
आँखामा मसाज गन प्रयोग गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण