भोटखोलाको खाद्य डिपोमा चामल अपुग
सारांश
- भोटखोला गाउँपालिकाको हटियागोला खाद्य डिपोमा दसैँको लागि चामल पुग्न सकेको छैन।
- खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पहिरोका कारण चामल ढुवानी गर्न नसकेको जनाएको छ।
- सडक अवरुद्ध हुँदा स्थानीयहरू खाद्यान्नका लागि चीनको बजारमा निर्भर छन्।
सङ्खुवासभा। यहाँको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाको हटियागोला खाद्य डिपोमा यो दसैँमा अझै चामल पुगेको छैन । हटियागोलाको खाद्य डिपोमा खाद्यान्य ढुवानी नभएपछि उपभोक्ता मर्कामा परेका छन् ।
दसैँ सुरु भइसक्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनुदानको चामल पठाउन नसकेको हो । पहिरोका कारण उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्डको मकालु गाउँपालिका–२ एकुवा र भोटखोला गाउँपालिका–४ बरुणमा सडक अवरुद्ध भएपछि चामल ढुवानी गर्न नसकिएको जनाइएको छ । खाँदबारी–किमाथाङ्का सडकखण्डमा गत जेठ ६ को पहिरोले भोटखोला–४ बरुण र गत भदौ १५ को पहिरोले सडक बगाउँदा यातायात र खाद्यान्य ढुवानी नभएको हो ।
पहिरोले खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध हुँदा भोटखोलामा दसैँअघि खाद्यान्न ढुवानी गर्न नसकिएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछदेर भोटेले बताए । हटियागोलाको खाद्य डिपोमा एक वर्षदेखि चामल ढुवानी हुन सकेको छैन ।
दुर्गम उत्तरी क्षेत्र भोटखेला क्षेत्रमा आलु र कोदो, फापर मात्र उत्पादन हुँदै आएको छ । उक्त खाद्यान्नले तीन महिना मात्र खान पुग्ने स्थानीय बताउँछन् । यहाँका अधिकांश स्थानीय खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजार चाँगा र देन्दाङमा निर्भर रहँदै आएका छन् ।
सदरमुकाम खाँदबारीमा एक हजार पाँच सय क्विन्टल र उत्तरी क्षेत्र भोटखोलामा एक सय पाँच क्विन्टलको कोटा तोकिएको छ । सदरमुकाम खाँदबारीमा सुपथ मूल्य पसल सञ्चालन हुँदा भोटखोलामा भने चामल अभाव भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा रुसी तेल आयात कीर्तिमानी स्तरमा पुग्ने संकेत
-
पोल्याण्डको सत्तारुढ पार्टीका प्रवक्ता र कांग्रेस प्रवक्ता चालिसेबिच भेटवार्ता
-
कम्पनी दर्तासँगै अनलाइनबाटै प्यान प्रमाणपत्र डाउनलोड गर्न सकिने
-
विद्यार्थी सङ्गठनका संरचना हटाउने त्रिविकाे निर्देशन फिर्ताकाे माग
-
खैरो हेरोइनसहित सप्तरीबाट एक जना पक्राउ
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने विषयमा त्रिविकै निकायबिच मतभिन्नता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण