बढुवा
चटौत र काप्री सचिवमा बढुवा
शुक्रबार, १० असोज २०८२, १४ : ५२
काठमाडौँ । सरकारले सहसचिवद्वय चिरञ्जीवी चटौत र कृष्णप्रसाद काप्रीलाई सचिवमा बढुवा गरेको छ ।
असोज ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल इञ्जिनियरिङ सेवाका सहसचिव चटौत र प्रशासन सेवाका सहसचिव काप्रीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले पदबाट राजीनामा दिएका सूचना प्रविधितर्फका सहसचिवद्वय डा. रामगोविन्द अर्याल र रमेश शर्मा पौड्यालको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता खरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण