धनगढीको मोहना नदीमा बालिकाको शव फेला
सारांश
- कैलालीको धनगढीमा एक ११ वर्षीया बालिकाको शव शंकास्पद अवस्थामा फेला परेको छ।
- बालिका बिहीबार साँझदेखि बेपत्ता भएकी थिइन् र उनको शव शुक्रबार मोहना नदीमा भेटिएको हो।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र पोष्टमार्टम रिपोर्टपछि थप विवरण आउनेछ।
धनगढी । कैलालीको धनगढीमा एक बालिकाको शव शंकास्पद अवस्थामा फेला परेको छ । धनगढी उपमहानगरपालिका–३, चटकपुरकी ११ वर्षीया सुमित्रा राना बिहीबार साँझदेखि बेपत्ता भएकी थिइन् । उनको शव शुक्रबार दिउँसो मोहना नदीमा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बिहीबार साँझ करिब ४ बजेतिर हराएकी सुमित्राको खोजी गरिदिन भन्दै परिवारले शुक्रबार बिहान १० बजेतिर प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार प्रहरीले जानकारी पाए लगत्तै खोजी कार्य सुरु गरिएको थियो । त्यसपछि केही समयमा बालिकाको शव फेला परेको हो।
शव बिहीबार दिउँसो ३ देखि ४ बजेको बीचमा फेला परेको प्रहरी नायव उपरीक्षक सिंहलाई जानकारी दिए।
प्रहरीका अनुसार बालिकाको शव नदीमा डुबेको अवस्थामा थियो भने उनको कपडा र चप्पल घटनास्थलबाट करिब २०० मिटर पर भेटिएको थियो । शव निर्वस्त्र अवस्थामा भेटिएकाले घटना रहस्यमय भएको बताइएको छ। प्रहरीले शव पोष्टमार्टमका लागि पठाएको र रिपोर्ट आएपछि मृत्युको कारणबारे थप तथ्य खुल्ने जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण