दुई लाख भक्तजनद्वारा छिन्नमस्ता दर्शन
सारांश
- छिन्नमस्ता भगवती मन्दिरमा विजयादशमीको समयमा दुई लाख भक्तजनले दर्शन गरेका छन्।
- सप्तमी, अष्टमी र महानवमीका दिनमा भक्तजनको ठूलो भीड लाग्ने गर्दछ, जहाँ १० लाख भक्तजनको पूजाआजाको अनुमान छ।
- गाउँपालिका र प्रहरीले भक्तजनको सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान गरी निगरानी गरिरहेका छन्।
सप्तरी । प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा विजयादशमीको अवसरमा हालसम्म करिब दुई लाख भक्तजनले दर्शन गरेका छन् ।
मन्दिरका पीठाधीश महाकान्त ठाकुरले घटस्थापनादेखि छैटौँ दिनसम्म दुई लाखभन्दा बढीले दर्शन गरेको जानकारी दिए ।
यहाँ विशेषगरी सप्तमी, अष्टमी र महानवमीका दिन भक्तजनको अत्यधिक भीड लाग्ने गर्दछ । यी तीन नेपाल तथा भारतका करिब १० लाख भक्तजनले पूजाआजा गर्ने अनुमान रहेको महाकान्त ठाकुरले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष विद्ययानन्द चौधरीले यहाँ आउने जनको सुरक्षाका लागि सम्पूर्ण व्यवस्था मिलाइएको बताए । उनले छिन्नमस्ता गाउँपालिका–३ स्थित मन्दिरमा आउने भक्तजनको सुरक्षाका लागि मन्दिर परिसरमा ३२ वटा सिसिटिभी क्यामेरा जडान गरी प्रहरीले निगरानी गरिरहेको बताए ।
यहाँ मन्दिर बाहिर गाउँपालिकाको सहयोगमा थप १६ वटा गरी ४८ वटा सिसिटिभी क्यामेरामार्फत निगरानी भइरहेको छ ।
सप्तरी प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक गौतमकुमार केसीले सुरक्षा व्यवस्थापनका लागि सम्पूर्ण तयारी गरिएको बर्ता । दसैँको बेला हुने अत्यधिक भीडभाडका क्रममा आपराधिक घटना हुन नदिन प्रहरी चनाखो रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण