परिष्कृत वित्तीय विवरणमा बढ्यो माछापुच्छ्रे बैंकको वितरणयोग्य नाफा
आइतबार, १२ असोज २०८२, १३ : १९
काठमाडौँ । परिष्कृत वित्तीय विवरणमा माछापुच्छ्रे बैंकको नाफा बढेको छ । बैंकले प्रकाशन गरेको वार्षिक प्रतिवेदन अनुसार बाह्य लेखापरीक्षणपछि बैंकको वितरणयोग्य नाफा झन्डै २७ करोडले बढेको हो ।
असार मसान्तमा प्रकाशित बैंकको अपरिष्कृत विवरणमा वितरणयोग्य नाफा १ अर्ब ७ करोड रहेको उल्लेख गरिएको थियो । परिष्कृत विवरणमा यो रकम १ अर्ब २९ करोड रुपैयाँ कायम भएको हो ।
यो वर्ष बैंकले आफ्ना सेयर धनीहरूलाई ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश सहित जम्मा ८ प्रतिशत लाभांश दिएको छ । यो ९२ करोड ९७ लाख रुपैयाँ बराबर हो ।
खुद नाफातर्फ भने अपरिष्कृतको तुलनामा बैंकको नाफा सामान्य घटेको छ । बैंकले अपरिष्कृत विवरणमा १ अर्ब ८९ करोड नाफा रहेको जनाएको थियो । लेखापरीक्षण्पछि यो रकम १ अर्ब ८८ करोडमा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण