पाँच दिनमा अर्थमन्त्री खनालले गरे ३ हजार ८ सय २१ गुनासो सम्बोधन
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालयसँग सम्बन्धित ३ हजार ८ सय २१ गुनासो सम्बोधन गरेको छन् ।
मन्त्रालयसँग सम्बन्धित कुनै गुनासो भए वा कर्मचारीले घुस मागेमा सीधै इमेल गर्न सूचना निकालिएको थियो ।
सूचना सार्वजनिक भएको पाँच दिनमा ह्वाट्स एपबाट २ हजार २००, एसएमएसबाट १ हजार ५०० भन्दा बढी र १२१ वटा इमेलहरूको गुनासो सम्बोधन गरेको अर्थमन्त्री खनालले बताएका छन् ।
उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा गुनासो सम्बोधनका तथ्याङ्क सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । उनले लेखेका छन्,‘ मैले २,२०० वटा ह्वाट्स एप सन्देशहरू, १,५०० भन्दा बढी टेक्स्ट सन्देशहरू र १२१ वटा इमेलहरूको जवाफ दिइसकेँ। अझै सयौँ सन्देश र इमेलहरूको जवाफ दिन बाँकी छ। टिकाअघि नै यो सबै काम सक्ने अपेक्षा छ।’
अर्थमन्त्री खनालले आएका गुनासो इमेलमा प्राप्त बाँकी गुनासोको पनि यथाशीघ्र जवाफ दिइने बताएका छन् । उनले टिकाअघि नै सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण