नेपालले वेस्ट इण्डिजलाई दियो १२३ रनको चुनौती
मङ्गलबार, १४ असोज २०८२, २२ : ५७
काठमाडौं । युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले वेस्ट इण्डिजलाई एक सय २३ रनको लक्ष्य दिएको छ ।
संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा आज टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर १२२ रनको योगफल बनाएको हो ।
नेपालका ओपनर कुशल भुर्तेलले ३९ रन बनाए । उनले २९ बलमा दुई चौका र तीन छक्कासहित सर्वाधिक ३९ रन बनाए । यस्तै, कप्तान रोहित पौडेलले १९ बलमा एक छक्कासहित १७ रन बनाए भने सन्दीप जोराले १४, कुशल मल्ल्ले १२, गुल्शन झाले १० रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङकमा रन जोड्न सकेनन् ।
वेष्ट इण्डिजका लागि रमन सिमाण्ड्सले चार विकेट लिए भने जेडिवाह ब्लाड्सले दुई विकेट लिए ।
नेपालले यसअघि भएको पहिलो खेलमा वेष्टइण्डिजलाइ १९ रन र दोस्रो खेल ९० रनले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
-
कैलालीको गोदावरी वन क्षेत्रबाट गुल्टाइएको टेम्पुबारे वन कार्यालयले दियो यस्तो प्रस्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण