बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मुख्य राजमार्ग अवरुद्ध : कोशी र बागमती प्रदेशमा चार स्थानमा पूर्ण अवरोध

बिहीबार, १६ असोज २०८२, ०८ : ४१
बिहीबार, १६ असोज २०८२

काठमाडौँ । अविरल वर्षा र पहिरोका कारण देशका दुई प्रमुख प्रदेश, कोशी र बागमतीअन्तर्गत मुख्य राजमार्गहरू चार स्थानमा पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

कोशी प्रदेशको संखुवासभा जिल्लामा अविरल वर्षाका कारण दुई स्थानमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटखोला गाउँपालिका-४ बरुणमा जेठ ६ गतेदेखि नै कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । 

त्यस्तै मकालु गाउँपालिका-३, एकुवामा भदौ १५ गतेदेखि नै कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । 

यसैगरी बागमती प्रदेशको रसुवा जिल्ला पनि बाढी र पहिरोको चपेटामा परेको छ, जसले गर्दा महत्त्वपूर्ण सडक खण्डहरू अवरुद्ध भएका छन् । गोसाइँकुण्ड गाउँपालिका-२ (नेपाल र चीन नाका जोड्ने पुल) असार २४ गतेको बाढीका कारण नेपाल र चीन जोड्ने यो महत्त्वपूर्ण पुल पूर्ण रूपमा अवरुद्ध भएको छ । 

गोसाइँकुण्ड गाउाँपालिका-२ (पासाङ ल्हामु सडक खण्डमा सडक) असोज असार १६ गतेदेखि गएको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । 

सडक खुलाउनका लागि सम्बन्धित निकायहरूले प्रयास गरिरहेका नेपाल प्रहरीले जनाएको छ । 

552486765_1542334816760648_1410097942014705704_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप