टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
सारांश
- ललितपुर जिल्ला अदालतमा तुलसा अधिकारीविरुद्धको मुद्दामा तीन दिनदेखिको थुनछेक बहस पूरा भएको छ ।
- सरकारी वकिलको तर्फबाट तीन जना र प्रतिवादी अधिकारीको तर्फबाट ८ जना कानुन व्यवसायीले बहस गरेका थिए ।
- अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको थियो ।
काठमाडौँ । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा तुलसा अधिकारी विरुद्धको मुद्दामा तीन दिनदेखिको थुनछेक बहस पूरा भएको छ । सरकारी वकिलको तर्फबाट तीन जना जवाफी बहस गरेका छन् भने प्रतिवादी अधिकारीको तर्फबाट ८ जना कानुन व्यवसायीले बहस गरेका थिए ।
थुनछेक बहस सकिएसँगै आजै अदालतले अधिकारीलाई थुनामा पठाउने या धरौटीमा छाड्न छाड्ने विषयमा निर्णय गर्नेछ । प्रतिवादी अधिकारीलाई इन्टरपोलको सहायतामा थाइल्यान्डबाट पक्राउ गरेर गत शनिबार राति काठमाडौँ ल्याइएको थियो ।
अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको थियो ।
एक जना व्यवसायीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले उनी विरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो । यो मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण