फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
सारांश
- फिफा विश्वकप २०२६ मा दर्शकहरूले रङ्गशालाभित्र पुनः प्रयोग गर्न मिल्ने पानीका बोतल लैजान नपाउने भएका छन् ।
- सुरक्षाको कारण देखाउँदै फिफाले अन्तिम समयमा आचारसंहिता परिवर्तन गरी बोतल, कप, जार र क्यान जस्ता सामग्रीमा प्रतिबन्ध लगाएको हो ।
- गर्मी र तिर्खाबाट जोगाउन रङ्गशाला परिसरमा 'हाइड्रेशन स्टेसन' जस्ता आवश्यक उपायहरू अवलम्बन गरिने फिफाले स्पष्ट पारेको छ ।
काठमाडौँ । फिफा विश्वकप २०२६ मा सहभागी हुने दर्शकहरूले रङ्गशालाभित्र पुनः प्रयोग गर्न मिल्ने पानीका बोतल लैजान नपाउने भएका छन् । फिफाले रङ्गशालाको आचारसंहितामा अन्तिम समयमा परिवर्तन गर्दै सुरक्षाको कारण देखाएर यस्तो प्रतिबन्ध लगाएको हो।
गत महिनासम्म फिफाले रङ्गशालाभित्र १ लिटरसम्मको खाली, पारदर्शी र पुनः प्रयोग गर्न मिल्ने प्लास्टिकका बोतलहरू लैजान अनुमति दिएको थियो। तर मंगलबारदेखि लागू भएको परिमार्जित आचारसंहिताले त्यस्ता बोतल बोक्न पूर्ण रूपमा रोक लगाएको जानकारी फिफाले बिहीबार दिएको छ।
खेलाडी वा दर्शकलाई लक्षित गरेर प्रहार हुन सक्ने र त्यसले चोटपटक लाग्ने जोखिमलाई मध्यनजर गर्दै बोतल, कप, जार र क्यान जस्ता अन्य सामग्रीहरूमा पनि प्रतिबन्ध लगाइएको छ।
फिफाले रोयटर्स समाचार एजेन्सीलाई दिएको बयानमा भनेको छ, ‘फिफा सम्पूर्ण खेलाडी, रेफ्री, प्रशंसक, स्वयंसेवक र कर्मचारीहरूको स्वास्थ्य र सुरक्षाको रक्षा गर्न प्रतिबद्ध छ। खेलाडी र दर्शकहरूमा हुन सक्ने जोखिम र चोटपटक रोक्नका लागि फिफाले बोतलहरू निषेध गर्ने निर्णय गरेको हो ।’
विश्वकप आयोजना हुने कतिपय रङ्गशालाहरूमा सुरक्षाका कारण पहिलेदेखि नै बाहिरका बोतलहरू लैजान प्रतिबन्ध रहेको र फिफाले अहिले सोही नियमलाई प्रतियोगिता हुने सबै रङ्गशालाहरूमा लागू गरेको बयानमा उल्लेख छ ।
फिफाको यो कदमले खेल हेर्न आउने समर्थकहरूमाझ गर्मीको सामना कसरी गर्ने भन्ने विषयमा चिन्ता बढाएको छ । विश्वकपका कतिपय आयोजक सहरहरूमा तापक्रम २६ देखि २८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
यस्तो अवस्थामा रङ्गशालाभित्र पिउने पानीको पहुँच कस्तो होला भन्नेमा दर्शकहरू चिन्तित छन्। फिफाले भने दर्शकहरूलाई गर्मी र तिर्खाबाट जोगाउन रङ्गशाला परिसरमा ‘हाइड्रेशन स्टेसन’ जस्ता आवश्यक उपायहरू अवलम्बन गरिने स्पष्ट पारेको छ ।
मिसनलाई सहज बनाउन फिफाले हरेक आयोजक सहरको कमिटी र स्थानीय अधिकारीहरूसँग मिलेर काम गरिरहेको बताएको छ । रङ्गशाला वरपर पानीको बाफ फाल्ने ठाउँ, पंखा, हाइड्रेशन स्टेसन र कुलिङ टेन्ट जस्ता सुविधाहरू उपलब्ध गराइने फिफाले जनाएको छ ।
यसका साथै विश्वकप २०२६ का क्रममा रङ्गशालाभित्र पाइने पानीको बोतलको मूल्य अन्य सामान्य कार्यक्रमहरूमा जस्तै कायम रहने पनि फिफाले प्रष्ट पारेको छ।
अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको ४८ टोली सहभागी यस विश्वकप आगामी जुन ११ देखि जुलाई १९ सम्म चल्ने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण