अपडेट
सप्तरी, सुनसरी र मोरङमा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
आइतबार, १९ असोज २०८२, ०० : ३५
सारांश
- सप्तरी, सुनसरी र मोरङ लगायत पूर्वी जिल्लाहरूमा भारी वर्षा मापन गरिएको छ।
- लगातारको वर्षाका कारण नदी-नाला र निचोरा बस्तीहरूमा बाढी र डुबानको उच्च जोखिम रहेको छ।
- विभागले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
काठमाडौँ । पछिल्लो २४ घण्टादेखि देशका पूर्वी जिल्लाहरू सप्तरी, सुनसरी र मोरङमा अति भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आसपासका जिल्लाहरूमा पनि लगातार भारी वर्षा भइरहेको छ र यो क्रम भोलीसम्म निरन्तर रहने अनुमान गरिएको छ।
विभागले शनिबार राति ११: ५५ मा जारी गरेको सूचना अनुसार लगातारको वर्षाका कारण ती क्षेत्रका नदी-नाला तथा निचोरा बस्तीहरूमा बाढी र डुबानको उच्च जोखिम देखिएको छ। विभागले प्रभावित क्षेत्रमा रहने सर्वसाधारणलाई अति उच्च सतर्कता अपनाउन तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण