सल्यानमा जीप दुर्घटनाः चालकसहित ८ जना घाइते, एकको अवस्था गम्भीर
सारांश
- सल्यानमा जीप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्।
- दुर्घटनामा घाइतेहरुको जिल्ला अस्पताल सल्यान र कर्णाली अस्पताल श्रीनगरमा उपचार भइरहेको छ।
- प्रहरीका अनुसार, दुर्घटना कसरी भयो भन्ने बारे थप अनुसन्धान भइरहेको छ।
सुर्खेत । सल्यानमा जीप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन् । शारदा नगरपालिका–८ जावलपुर, खलंगास्थित सुनाचौरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ च ०१८६ नम्बरको डबलक्याप जीप सोमबार दिउँसो १ बजेतिर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रेशम खत्रीका अनुसार, जीप सडकबाट करिब ४०–५० मिटर तल खसेको छ ।
दुर्घटनामा घाइतेमध्ये केहीको जिल्ला अस्पताल सल्यान र केहीको कर्णाली अस्पताल श्रीनगरमा उपचार भइरहेको छ । चालकको अवस्था गम्भीर रहेको खत्रीले बताए ।
दुर्घटनामा शारदा नगरपालिका–८ आराका २७ वर्षीय जीप चालक सुरेन्द्र कुवँर गम्भीर घाइते भएका छन् ।
उनको टाउको, कान र हातमा गम्भीर चोट लागेको छ ।
यसैगरी, सोही ठाउँको सुनाचौर बस्ने ६२ वर्षीया भोटी कुमारी बुढाथोकीको निधार, छाती र देब्रे हातमा मध्यम चोट लागेको छ । सोही ठाउँका १८ वर्षीय कुल बहादुर बुढाको अनुहार र टाउकोमा पनि मध्यम चोट लागेको छ ।
यस्तै, ६९ वर्षीय लाल बहादुर भण्डारीको टाउको र छातीमा मध्यम चोट, २१ वर्षीया मञ्जुरी रानाको ढाड र छातीमा मध्यम चोट लागेको छ । मञ्जुरी रानाकी ५ महिनाकी छोरी एलिशा रानाको अवस्था भने सामान्य रहेको छ ।
यस्तै, २६ वर्षीय सुशील कुवँरको देब्रे हातमा सामान्य चोट र ८५ वर्षीय भूप बहादुर विकको देब्रे हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
दुर्घटना कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक रेशम बहादुर खत्रीको कमाण्डमा ५ जनाको प्रहरी टोली घटनास्थल खटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण